समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाद्धारा संचालित रेनु दमाइ बचाउ अभियान अन्तर्गत सङ्कलन गरिएको सहयोग रकम बुधबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । हेटौंडा १३ बनस्पतिकी क्यान्सर पीडित ११ बर्षिय रेणुलाई संस्थाले नगद ५५ हजार १ सय ३५ रुपैया सहयोग गरेको हो ।
सस्थाकी कोषाध्यक्ष सहनशील ढकालको संयोजकत्वमा गठित रेणु दमाई बचाउ अभियानले विभिन्न संस्था तथा व्यक्तिहरुबाट संकलित रकम बिरामीका दाजु राजन दमाईलाई हस्तान्तरण गरेको हो । रेणुको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनी कक्षा ५ मा पढ्छिन् । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष बिसु सुनार, उपाध्यक्ष निष्कर्ष लामा, सचीव भुवन घलान, संस्थाका कानुनी सल्लाहकार बालकृष्ण अधिकारी, संरक्षक एवम रिपेश दाहाल, समाजसेवी बिकेशलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।