हेटाैंडा– चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ७४ बर्षीय पुरुष रहेका छन ।
हेटाैंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीका अनुसार श्वासप्रस्वास सम्बन्धी समस्या भएर भदौ ३ गते अस्पतालमा भर्ना हुनुभएका उनको शुक्रबार स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उहाँको गएराती करीब १२ बजे मृत्यु भएको हाे । उहाँकाे अस्पतालको सघन कक्षमा राखेर उपचार भईरहेको थियो ।