मकवानपुर- उच्च अदालत पाटन हेटौंडा इजलासमा चालु आर्थिक वर्ष र गत वर्षको जिमेवारी सरेर आएका समेत गरी कुल जम्मा ५ सय ९४ वटा मुद्धा परेका छन् । उच्च अदालत पाटन हेटौंडा इजलासमा मकवानपुर र चितवनबाट पुनरावेदन भएर आएका मुद्धाहरु दर्ता भएका छन् ।

अदालतले आज मकवानपुरका सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रमका अवसरमा यसबारे जानकारी दिइएको हो । चालु आर्थिक वर्षको साउन एक गते देखि अदालतमा ३ सय १३ वटा नयाँ मुद्धा दर्ता भएका छन् । अरु २ सय ८१ वटा मुद्धा भने गत आर्थिक वर्षको जिमेवारी सरेर आएको उच्च अदालत पाटन हेटौंडा इजलासका रजिष्टार विकास श्रेष्ठले वताउनुभयो । चालु आर्थिक वर्षको बितेको महिना सम्ममा २ सय ८६ वटा र यस कार्तिक महिनामा २७ वटा गरी ३ सय १३ वटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा २ सय ४२ वटा मुद्धाको फच्यौट गरिएको छ । अव भने यो अवधिका ३ सय ५१ व्टा मुद्धाको फच्यौट हुन वाँकी रहेको छ ।