मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरले दिव्य सेवा निकेतन बृद्धआश्रम, मानव सेवा आश्रम र क्वारेन्टीनमा खाद्यान्न सहयोग गरेको छ । फाउण्डेशनले “हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ” भन्ने अभियान अन्तरगत संकलित खाद्यान्नबाट सहयोग उपलब्ध गराएको हो ।

फाउण्डेशनले हेटौंडा–१५, रातोमाटे स्थित दिव्य सेवा निकेतनमा चामल ७ बोरा, दाल १ बोरा, स्वायबिन २ बोरा, चिउरा १ बोरा, नुन १ बोरा र तेल १ कार्टुन र मानव सेवा आश्रममा चामल ५ बोरा, दाल १ बोरा, चिउरा १ बोरा, स्वायबिन ३ बोरा र तेल २ कार्टुन सहयोग प्रदान गरिएको फाउण्डेशनका सचिव आशाकाजी श्रेष्ठले बताउनुभयो ।

त्यस्तै हेटौडा–९ स्थित वडा कार्यालयद्धारा सञ्चालित क्वरेन्टीइनमा चामल ६ बोरा, दाल २ बोरा, स्वयबिन ३ बोरा, चिउरा २ बोरा, नुन १ बोरा, चाउचाउ ५ कार्टुब, तेल ३ कार्टुन १५ लिटर डिस ईन्फेक्सन केमिकललगायतका सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो । खाद्य हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका कोषाध्यक्ष लक्ष्मण भण्डारी, सहसचिब बोल बहादुर कार्की सदस्य शुकराम केसिलगायतको सहभागिता रहेको थियो ।