बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी० ले पक्राउ गरेको छ । अभिनेता सुशान्त सिंहको मामिलामा लागुऔषधको विषय देखिएपछि गएको केही दिनदेखि एनसीबीले उनीसँग सोधपुछ गरिरहेको थियो । रियाका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको छ ।
गएको ५ सेप्टेम्बरमा शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका व्यवस्थापक रहेका स्यामुएल मिरान्डालाई एनसीबीको टिमले पक्राउ गरेको थियो ।  बलिवुड अभिनेता सुबान्त सिंह राजपूतको मृत्युको विषयमा यो तेस्रो पक्राउ हो । सुशान्तको मृत्युको विषयमा सीबीआईले जाँच गरिरहेको छ तर रियालाई एनसीबीले लागुऔषध लेनदेनको विषयमा पक्राउ गरेको हो ।  सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाको लेनदेनको विषयमा ईडी, मृत्युको विषयमा सीबीआई र लागुऔषधसँग जोडिएको मामिलाको जाँच एनसीबीले गरिरहेको छ ।