हेटाैंडा– नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट बिहीबार थप ६ को मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हाे ।
बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दिनुभएकाे जानकारी अनुसार काठमाडौं र पर्साका १–१ जना, मकवानपुर, सप्तरीका १–१ जना र पर्साका २ जना गरी ६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको गाैतमले बताउनुभयाे ।