हेटौंडा– ईलाका प्रहरी कार्यालय पशुपतिनगर र सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले हेटौंडा ९ स्थित प्रगति उच्च माध्यमिक विद्यालयलाई बिरुवा हस्तान्तरण गरेको छ । विद्यालयको प्रङ्गणमा भएको एक कार्यक्रममा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेले विद्यालयका प्राचार्य निरञ्जन ढकाललाई धुपी लगायत बिभिन्न जातका बिरुवा हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक काफ्लेले देश कोभिड १९ को प्रकोपमा रहेकाले कोभिड १९ बाट बच्न जसरी एक विरुवा र अर्को विरुवा बीच दुरी कायम रहन्छ त्यसैगरी कोरोनावाट बच्नका लागि भैक्तिक दुरी कायम गर्न जरुरी रहेको बताए । उक्त सन्देश दिन कोभिड १९ माहामारीका बीच विद्यालयलाई बिरुवा हस्तान्तरण गरिएको उनको भनाई छ । काफ्लेले कोरोना प्रकोपका बीच शान्ति शुरक्षामा सदैव तत्पर रहेकाले जुन कुनै समयमा प्रहरीलाई खवर गर्न हिच्किचाउन नपर्ने बताए । विद्यालयका प्राचार्य ढकालले इलाका प्रहरी कार्यालय पशुपतिनगर र सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले गरेको सहयोग सराहनीय भएको र प्रहरी तथा सामुदायीक सेवा केन्द्र मकवानपुर बीचको सहकार्यले निरन्तरता पाउने बताए ।