टोकियो ओलम्पिक आयोजक समितीका प्रमुख याशिरो मोरीले अर्को वर्ष हुने ओलम्पिक आयोजनाका लागि कोरोनाको भ्याक्सिन जरुरी भएको बताएका छन् । अहिलेको जस्तो अवस्था अर्को वर्षपनि रहि रहेमा ओलम्पिक गर्न निकै मुश्किल हुने बताए । कोरोनाका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म तय भएको छ ।

एक अखवारलाई दिएको अन्तवार्तामा मोरीले अहिले जुन किसिमले कोरोनाको महामारी चलिरहेको छ, एक वर्षपनि पछि यहि अवस्था भएमा ओलम्पिक गर्न नसकिने बताए । यदि आजको जस्तो अवस्था रहेमा ओलम्पिक गर्न कठिन हुने र कम दर्शकलाई उपस्थित गरेर गर्न पनि नसकिने बताए । मोरीले जापानमा बढिरहेको कोरोनाको असर अर्को वर्षपनि कम नभएमा एक वर्षपछि पनि ओलम्पिक गर्न नसकिने बताए ।