हेटाैंडा– अहिले देशका धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँमा आंशिक बदली भई हल्का पानी परिरहेको छ । हिजोअस्ति पानी पारेको प्रणाली नेपालबाट थोरै पर सरेकाले अब एकदुई दिन हिजोअस्तिको भन्दा कम पानी पर्ने मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । 

आज पनि देशभरीकै मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश १, २, ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् पोख्रेलको भनाई छ ।  तर, हिजोअस्ति ठूलो पानी परेकाले पहिरोको जोखिम भने अझै रहेको भन्दै हिँडडुल गर्दा ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ । 

यसैबीच रातीदेखि नै कम पानी परेपनि विभिन्न नदी तथा खोलामा पानीको सतह घट्दै गएको छ । तर आज दिउँसोपछि कोशी र नारायणी नदीमा पानीको सतह चेतावनी तह आसपास पुग्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई सजग हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।