काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराई नियुक्त हुनुभएको छ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद भट्टराईको अहिले केहीबेरमा शपथ ग्रहण हुँदैछ । तात्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि पर्यटन मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्दै आउनुभएको थियो ।