मकवानपुर– हेटौंडा उपमहानगरपालिका–७ स्थित शान्तिपथको स्ल्याब ढलानको शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बिहीबार आज स्ल्याब ढलानको शिलान्यास गर्नुभएको हो ।

स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तरगत संघीय सांसद कृष्ण प्रसाद दाहालबाट प्राप्त ५० लाख रुपैयामा करीब ४ सय मिटर स्ल्याब ढलानको काम आजदेखि सुरु गरिएको हो । स्ल्याब ढलानको शिलान्यास गर्नुहुँदै प्रमुख खुलालले सबैको सकृयतामा काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार आए पछि थुप्रै विकासका कामहरु भएको र त्यो देखिँदै गएको भन्दै विकासमा अपनत्वका लागि स्थानिय उपभोक्ताको साझेदारी आवश्यक रहेको बताउनुभयो । शिलान्यास कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष राजन थापालगायत स्थानिय उपभोक्ताको सहभागिता थियो ।