मकवानपुर– कुवेतबाट नेपाल आएका मकवानपुर घर भएकी ४ महिलालाई मकवानपुर ल्याएर सम्बन्धीत स्थानीय तहलाइ जिम्मा लगाइएकाे छ । शुक्रबार बेलुकी मकवानपुर आइपुगेका उनिहरूलाइ शनिबार बिहान सम्बन्धीत स्थानीय तहहरूलाइ जिम्मा लगाइएकाे हाे ।

शुक्रबार बेलुकी मकवानपुर आएका उनिहरूकाे स्वास्थ्य परिक्षण गरेर जिसस मकवानपुरले सदरमुकाम हेटाैंडामा सञ्चालन गरेकाे होल्डिङ स्टेशनमा राखिएकाे थियाे । उनिहरूलाइ एकरात होल्डिङ स्टेशनमा बिश्राम पश्चात बिहान सम्बन्धीत स्थानीय तहका प्रमुखहरूलाइ जिम्मा लगाइएकाे होल्डिङ स्टेशनका फाेकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयाे । शनिबार मकवानपुरकाे मनहरी गाउँपालिकाका दुइजना तथा बकैया र राक्सिराङ गाउँपािलकाका एक/एक जनालाइ सम्बन्धीत स्थानीय तहका प्रमुखहरूलाइ जिम्मा लगाइएकाे हाे ।

शुक्रबार राती करीब ११ बजे होल्डिङ स्टेशन आइपुगेका मकवानपुरका ४ जनालाइ उचित व्यवस्थापनका साथ राखिएकाे र बिहान सम्बन्धीत स्थानीय तहकाे जिम्मा लगाइएकाे जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयाे । जिल्ला आइपुगेका उनिहरूलाइ १४ दिनसम्म् सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेकाे क्वारेन्टीनमै राखिने उहाँले बताउनुभयाे । कोरोना महामारीले विदेशमा अलपत्र नेपालीलाई जहाजबाट स्वदेश फर्काउने सरकारको निर्णयअनुसार उनीहरूलाई ल्याइएको थियो ।