हेटाैंडा, बैशाख २३ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकका अन्तर्वार्ता कार्यक्रम स्थगित गरेको छ । आयोगले बुधबार सुचना जारी गरेर निम्न माध्यमिक तह द्धितिय श्रेणी र प्राथमिक तह प्रथम र द्धितिय श्रणीका अन्तरिक प्रतियोगितात्मक परीक्षामा सफल भएका शिक्षकको अन्तर्वार्ता स्थगित भएको जनाएको हो ।
यि शिक्षकका लागि आयोगले वैशाख २७ गतेदेखि अन्तर्वार्ता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो । अर्को सूचना जारी नभएसम्मका लागि अन्तर्वार्ता कार्यक्रम स्थगित गरिएको आयोगले जनाएको छ ।