मकवानपुर, बैशाख २२, । बागमती प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बैशाख २४ गते भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्र भाग १ मा प्रकाशित सूचनाको आधारमा सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरिएको जनाएको हो । सूचना मार्फत मन्त्रालयले बिदाका विषयमा केही भ्रम फैलिएको भन्दै उक्त निर्णयसम्बन्धी जानकारी दिन सूचना जारी गरेको बताएको छ । जारी सूचनामा प्रदेश सरकारको आधिकारिक निर्णयअनुसार नै बिदा सम्बन्धी व्यवस्था गरिएको उल्लेख गरिएको छ ।