सामाजिक सञ्जाललाई निष्क्रिय गराउने सरकारको निर्णय तत्काल फिर्ता लिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नु भएकाे छ । कांग्रेसको पदाधिकारी बैठकबाटै देउवाले ओलीलाई फोन गर्नु भएकाे सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयाे । उहाँका अनुसार पार्टीको निर्णयका सम्बन्धमा सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गर्नु भएकाे थियाे । पार्टीको निर्णय जानकारी गराउँदै निर्णय फिर्ता लिन आग्रह उहाँले जानकारी दिनुभयाे ।











