‘जेन जी’ को आन्दोलन उग्र भएपछि सुनसरीको इटहरी तथा रुपन्देहीको बुटवल र भैरहवामा पनि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो साढे ३ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि इटहरीको मुख्य चोक नजिकका क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुभएको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल र भैरहवामा दिउँसो ४ बजेपछि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । बुटवलमा पेट्रोल पम्प धागो कारखाना पुल, बेलवास चोक, चिडिया खोला र मङ्गलापुर तथा भैरहवामा रोहिणाी खोला पुल, बेथरी पुल, बुद्धचोक र मेउडीहवा क्षेत्रमा कर्फ्यु जारी भएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।