हेटाैंडा । नेपालले फिफा विश्व फुटसल वरीयतामा २ स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले आज सार्वजनिक गरेको फुटसल वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै ११८औं स्थानमा आइपुगेको छ ।

दक्षिण एशियामा नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि माल्दिभ्स १०६औं स्थानमा छ । यस्तै भारत १३५औं स्थानमा छ । यस्तै दक्षिण एशियाका बङ्गलादेश, भूटान, पाकिस्तान र श्रीलङ्का वरीयतामा अटाएका छैनन् ।

पछिल्लो वरीयता अनुसार स्वीडेनले एकै पटक १७ स्थान सुधार गरेको छ भने ग्रीस ८ स्थान तल झरेको छ । फुटसल वरीयतामा ब्राजिल शीर्ष, पोर्चुगल दोस्रो र स्पेन तेस्रो स्थानमा छन् ।