कैलाश – कैलाश गाउँपालिका–१० कुमलटारमा घरेलु, लैङ्गिक हिंसा र सामाजिक विभेद विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । लालित्य सेवा प्रतिष्ठानको आयोजनामा तथा गाउँपालिकाको सहयोगमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष मुनाकुमारी पाठकको अध्यक्षता र पालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष मुक्तानले हिंसाबारे जनचेतना फैलाउँदै कानूनी उपचारबारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयाे । कार्यक्रममा अधिवक्ता पम्फा पुरीले प्रशिक्षण दिनु भएकाे थियाे । कार्यक्रममा वडा अध्यक्ष सुर्यबहादुर ब्लोन, शाखा प्रमुख रमिला सापकोटा, विद्यालयका प्रतिनिधिहरू र स्थानीय महिलाहरूको सहभागिता थियो ।











