मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा गएराति भएको यात्रुवाहक बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । बकैया गाउँपालिका– ३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौंडा तर्फ आउदै गरेको बा.प्र.०६ ००१ ख ०२७० नम्बरको बस गएराती ९ः३० बजेको समयमा घुम्तिमा अनियन्त्रित भइ दुर्घटना हुँदा ३१ जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार भीमफेदी गाउँपालिका कृषी तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेका थिए । उहाँका अनुसार बसमा भ्रमण सकेर फर्किदै गरेका बसका चालक सहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन् ।
दुर्घटनामा मकवानपुर भिमफेदी–३ बुल्मिङ बस्ने वर्ष ४६ को श्रीराम बज्यु, भिमफेदी(५ ज्यामिरे बस्ने वर्ष ५५ की रिता कुमारी मगर, चितवन राप्ति-२ गडौली बस्ने वर्ष २९ को पशुको डा. सरोज ओझा, डा। ओझाको श्रीमती वर्ष २७ की रेश्मा सुवेदी, भीमफेदी–६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाककी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्री सानी आले, भीमफेदी–५ अकोटे बस्ने वर्ष २५ को अनिल स्याङबो घाइते भइ उनीहरुलाई थप उपचारको लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताउनुभयो ।
त्यस्तै दुर्घटनामा घाइते भएका मकवानपुर भिमफेदी–२ निगाले बस्ने वर्ष ४५ को दिलिप राज बुलन, भिमफेदी–५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुरगढि–३ मक्रान्चुली बस्ने वर्ष ४२ को नारायण प्रसाद शर्मा, हेटौडा–११ थानाभर्याङ बस्ने वर्ष २९ को उज्वल राना मगरको उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।
त्यसैगरी दुर्घटनामा भीमफेदी–६ भदौरे बस्ने वर्ष ३२ को सुदिप पराजुली, भीमफ्फेदी–२ चौकीडाँडा बस्ने वर्ष २७ को सुयास पाख्रिन, भीमफेदी–९ झिरघारी बस्ने वर्ष २७ को शुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ को हित चन्द्र मोत्तान, भीमफेदी–२ को वडा अध्यक्ष वर्ष ४९ को कासीराम बज्युको हेटौंडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।
दुर्घटनामा परेर घाइते भएका हेटौंडा–१८ बस्ने वर्ष २५ को रुबिन घर्ति, भीमफेदी–३ बस्ने वर्ष ५३ को बुद्विसिंह दोङ, भिमफेदी–८ बस्ने वर्ष ३९ की सिता थिङ, सोही स्थान बस्ने बस्ने वर्ष ३५ कि सुर्य माया घलान, भीमफदी–१ बस्ने वर्ष ५० को करणध्वज पाख्रिन, हेटौंडा–१८ हर्नामाडी बस्ने वर्ष २९ को विमल ढुंगाना, भीमफेदी–४ चिउरी बगैचा बस्ने वर्ष ४० को कृष्णहरी गाहा मगर, भीमफेदी–७ मान्डु बस्ने अन्दाजी वर्ष ३८ को सुजन प्रजा, भीमफेदी–८ गँगटे बस्ने वर्ष ४३ को मान बहादुर लामा, भीमफेदी–१ सानुटार बस्ने वर्ष ४२ को राजेन्द्र कुमार स्याङतान, भीमफेदि गाँउपालिकाको कृषि प्राविधिक वर्ष २९ को सानु कान्छा घिसिङ, भीमफेदि गाँउपालिकाको पशु प्राविधिक वर्ष ३१ को पुष्पलाल बज्यु, भीमफेदी–३ बस्ने वर्ष ४८ को अर्जुन तामाङ, बसका सहचालक उदयपुर रौतामाई–५ बस्ने वर्ष ३२ को सतिह दाहाल उपचार पछि डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताउनुभयो । बासका सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेका छन् भने चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी भईरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।











