प्रतीकात्मक तस्बिर

मकवानपुर । मकवानपुरमा ट्याक्टरमा च्यापिएर एकजनाको मृत्यु भएको छ । शनिबार बिहान मकवानपुरको हेटौंडा-१९, ज्यामिरेमा ट्याक्टरले च्यापेर चालक सद्दाम हुसेनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान सरिब ९:३० बजेको समयमा ज्यामिरे हेल्थपोष्ट नजिक भित्रि सडकखण्डमा बालुवा बोकेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । ज्यामिरे खोलाबाट बालुवा बोकेर आएको ट्याक्टरको अगाडीको ईन्जिनको भाग उठी दुर्घटना हुँदा सोहि  ट्याक्टरले च्यापिएर ट्याक्टर चालक पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका-४, हरपुर बस्ने अन्दाजी बर्ष १९ का सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको प्रहरीले जनाएको छ ।