हेटौंडा / बागमती प्रदेश लोक सेवा आयोगले एकै पटक ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एकै पटक १ हजार ११३ जना कर्मचारीकाे लागि आवेदन माग गरेकाे हाे ।
यो अहिले सम्मकै धेरै कर्मचारी माग गरिएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको छ । विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ । प्रदेशको लोक सेवा आयोगले दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गतेसम्म रहेको जनाएकाे छ ।