सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ झुरझुरे वस्ने ३५ वर्षिय गोपाल थिङको स्थानीय बागमती खोलामा खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
खोालमा माछा मार्ने भनेर घरबाट निस्कि हिडेको र घरमा नफर्केको कारण आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा आज बिहान बागमती खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।