सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भीरबाट लडेर भीमफेदी गाउँपालिका–३, बेसारघारीका ७० वर्षीय गणेश बहादुर स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो घर नजिकै घाँस काट्न जाँदा भीरबाट लडेर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।