काठमाण्डौं । नेकपा (एमाले)को सचेतक तथा प्रतिनिधि सभा सदस्य महेश वर्तौलाले अपांगता भएकाहरुकाे सवालमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनु भएकाे छ । नेत्रहीन युवा संघ, नेपालको आयोजना अपांग युवाहरुलालागि भएको नमुना संसद अभ्यास कार्यक्रममा बर्ताैलाले यस्तो वताउनु भएको हो ।

सचेतक वर्तौलाले अपांगहरुका महत्वपुर्ण सवालहरुः निःशुल्क सार्वजनिक शिक्षा, अपांगहरुको स्वास्थ्य विमा तथा स्वास्थ्य सेवा, रोजगारीमा पहुँच स्थापना लगायतका सवालहरुमा राज्यले विशेष ध्यान दिनुपर्ने वताउनुभयो । उहाँले सार्वजनिक शिक्षामा अपांगता भएका विद्यार्थीहरुको पहुँचको स्थापना गर्न विद्ययेकमा काम गर्ने समेत वताउनुभयाे । ‘सरकारले शिक्षा विधयेक संसदमा टेवुल गरिसकेको छ, अपांगता भएका व्यत्तहिरुको शिक्षासंग जोडिएका कयौं विषयहरु रहेका छन् । शिक्षामा अपांगता भएका विद्यार्थीहरुको पहुँच स्थापना गर्ने गरि कसरि काम गर्नु पर्ने हुन्छ, हामी काम गर्नेछौं ।’ उहाँले भन्नुभयाे ।
अपाङ्गता भएका युवाहरुको राजनीतिक सचेतना अभिव्रिद्धि गर्दै लोकतन्त्र, संसद तथा संसदीय राजनीति, मानवअधिकार र विद्यमान अपाङ्गता अधिकारका सम्बन्धमा प्रशिक्षित गरि नेत्रहीन युवा संघ, नेपालको आयोजनामा भएको ३ दिने नमुना संसद अभ्यास कार्यक्रमको आज समापन भएको हो । दृष्टि सम्बन्धि अपांगता भएका युवाहरुद्वारा स्थापित संस्था नेत्रहीन युवा संघ, नेपालका अध्यक्ष कलाधर भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा देशभरबाट ५० जना अपांग युवाहरुकाे सहभागीता थियो ।