हेटौंडा । हेटौंडामा सोमबार भएको तीज गीत महोत्सव तथा तीज गीत प्रतियोगितामा सानो पोखरा समूह प्रथम भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा हेटौंडा एफएम, नेशनल गोल्ड टेलिभिजन र बागमती खबर डटकमले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा सानो पोखरा समूह प्रथम भएको हो ।
हेटौंडा ४–स्थित पशुपति मन्दिर परिसरमा भएको प्रतियोगितामा प्रथम हुँदै सानो पोखरा समूहले नगद १५ हजार जितेको छ । प्रतियोगितामा हजुरआमा सेवा समूह द्वितीय र दियालो दमार समूह तृतीय भएका छन् । यस्तै कालिकामाई समूह र सामना समूह सान्त्वना भएका छन् । उनिहरुले क्रमश नगद १० हजार र ५ हजार प्राप्त गरेएको आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्य गर्ने हेटौडा ७ की श्रद्धा लामिछानेलाई चाँदीको पाउजु उपहार प्रदान गरिएको छ । प्रतियोगितामा वरिष्ठ संगीतकार राजु लामा निर्णायक रहनु भएको थियो ।
हेटौंडा एफएमका अध्यक्ष गणेश भेटवालको अध्यक्षता एवम् बागमती प्रदेशकी सामाजिक मन्त्री कुमारी मोक्ततानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्त्री कुमारी मोक्तानले तीजलाइ भड्किलो बनाउन नहुने बताउनुभयो । उहाँले संस्कृतिको जगेर्ना गर्ने नाममा चाडपर्वलाई भड्किलो र खर्चिलो बनाउन नहुने बताउनुभयो ।
कार्यक्रममा हेटौंडा एफएमका प्रबन्ध निर्देशक उज्ज्वल चौँलागाईले हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता गरी एफएमले लगातार १५ वर्षदेखी प्रतिभाहरुको सम्मान गरिरहेको बताउनुभयो । महिलाहरुको लुकेर बसेको प्रतिभा उजागर गर्ने तथा मौलिकता र परम्परा जर्गेना गर्ने उदेश्यले कार्यक्रम गरिएको चौलागाईले बताउनुभयो ।
तीज गीत महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु लोक गायिका बिन्दु परियार, मिनाश्री लुङगेली, लोक गायक नविन पौडेल, प्रेम बैठा, भ्वाइस अफ किड्स विजेता जेनिश उप्रेती, हेटौंडा आइडल विजेता दिपेश श्रेष्ठ, डान्सिङ स्टार हेटौंडा विजेता रितु श्रेष्ठ, हास्य कलाकार (जादुगर) राजेन्द्र गिरी (गुन्दु्रके) को बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा नेपाकै दोस्रो होचा व्यक्ति २१ वर्षका मनोज गोर्खाली मुख्य आकर्षण बनेका थिए ।
कार्यक्रममा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ, अनेम संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्ले, बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई, अनेम संघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्ले, नेपाली कांग्रेस मकवानपुरकी सहसचिव इन्दिरा न्यौपाने, नेकपा एकिकृत माओवादी मकवानपुर महलिा विभाग प्रमुख लक्ष्मी पाख्रीन, रास्व पा मकवानपुर सदस्य सन्तोषी वर्तौला, हेटौंडा उपमहानगरपालिका प्रतिनीधी, हेटौंडा उपमहानगर पालिका वडा ४ का अध्यक्ष नविन सिक्देल, हेटौंडा उपमहानगर पालिका वडा नं ११ की वडाध्यक्ष जुना दाहाल, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, युवा व्यवसायी प्रतिमा श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
पुर्ण शाक्य एण्ड सन्स सुनचाँदी पसलको मुख्य प्रायोजन तथा हेटौंडा उपमहानगरपालिका, हेटौंडा ४ नम्बर वडा र शिवम् सिमेन्टको सह प्रायोजनमा कार्यक्रम भएको हो । एस एम सप्लायर्स, खतिवडा इम्पोरियम्, लामिछाने इन्टर प्राइजेज, उत्सव सप्लायर्स हेटौंडा अनमोल स्विट्स हेटौंडा,वृन्दावन मिष्ठान्न भण्डार, लक्ष्मी कृषि अटो वर्कसप र अमृत जलले कार्यक्रम प्रायोजन गरका थिए । कार्यक्रममा सहभागी महिलाहरुका लागि डेलिसा सप्लायर्स तथा डेलिसा मेडिसिन डिस्ट्रिव्युटर्सले ५ सय पिस स्यानेटरी प्याड वितरण गरेको थियो ।











