मनहरी । मनहरी गाउँपालिकाले यहि भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएकाे छ । गाउँपालिका स्तरीय बाल अधिकार समितीको मंगलबार बसेको बैठकले यस्ताे निर्णय गरेको समितीका संयोजक एवम् गाउँपािलकाकी उपाध्यक्ष सीता पुलामी मगरले जानकारी दिनुभयो ।
दिवसको अवसरमा प्रत्येक वडामा बाल अधिकार वडा समितीको समन्वयमा हाजिरीजवाफ प्रतियोगीता गरीने र त्यसबाट छनोट भएका समुहहरुबिच पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगीता संचालन गरीने निर्णय भएकाे उहाँले बताउनसभयाे ।
त्यस्तै बसेको बैठकले गत वर्ष २०७९/८० मा सञ्चालीत कार्यक्रमहरुको विषयमा समिक्षा समेत गरेको उहाँले जानकारी दिनुभयाे । समितिले गत वर्ष गाउँपालिकाका ९ वटै वडामा बाल अधिकार समिती गठन, टोल स्तरीय बाल क्लव गठन, ८ वटा वडामा बाल सञ्जाल गठन, २ वटा अन्तरकृया कार्यक्रम र ४ पटक बालश्रम अनुगमन गरीएको छ । यस्तै बाबुआमा विहिन बालसंरक्षण कार्यक्रम अन्तर्गत ५ जना बालबालीकालाई मासिक भत्ता वितरण गरीएको र ९ वटै वडामा बालविवाह तथा बालश्रम निवारणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीएको उहाँले बताउनुभयाे ।