कमलपोखरी आसपास पोखरा १३ को बस्ती जलमग्न भएको छ । आइतबारदेखिको अविरल वर्षाले त्यो क्षेत्रमा पानी भरिएको हो । जलमग्न हुँदा १०० भन्दा बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् ।
काहुँखोलाबाट आएको पानीले उक्त क्षेत्र डुबान परेको हो । कमलपोखरीको सिमसार क्षेत्रमा केही वर्षयता निकै धेरै सङ्ख्या घरहरू निर्माण भएका छन् । सिमसारमा घर निर्माण हुँदा पानीको निकास रोकिएको छ । केही वर्षयता यो ठाउँ डुबानमा पर्न थालेको हो । पोखरा १३ का वडाध्यक्ष किरण बरालले जमेको पानी निकास काहुँखोला र दुई कुलाको मुहानतिर खोल्न लागेको जानकारी दिनु भयो । काहुँडाँडादेखि फूलबारीतिरबाट पनि आएको पानीले जलमग्न बनाएको उहाँले जानकारी दिनुभयो ।