हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको प्रमुख पदमा ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रले अग्रता कायम गरेको छ । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका बिष्णु बिष्टले २ हजार १६१ मतसहित अग्रता कायम गरेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अच्युतम ढकाल १ हजार ९६९ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, उपप्रमुखमा भने नेपाली कांग्रेसका भरत गोपाली २ हजार १४३ मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेकी कल्पना बलामीले १ हजार ७४७ मतका साथ पछ्याइरहेकी छन् ।