मकवानपुर – मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा मतगणना सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्बर एकबाट मतगणना सुरु भएको बकैयाका निर्वाचन अधिकृत आनन्दराज पोखरेलले जानकारी दिनुभयो । बकैयामा शुक्रबार भएको स्थानीय निर्वाचनमा कुल २९ हजार ९ सय ४३ मतदाता मध्ये २१ हजार ६ सय ३८ जनाले मतदान गरेका छन् ।