मकवानपुर – आसन्न स्थानीय तहकाे सदस्य निर्वाचन २०७९ काे चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेले घरदैलो कार्यक्रम गरेको छ । गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ लगायतको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको हो ।

शुक्रबार मनहरी वडा नम्बर १ मा भएको घरदैलो कार्यक्रममा झण्डै २ सयको उपस्थिति रहेको अध्यक्षका उम्मेदवार उप्रेतीले बताए । मनहरी १ को चकरी, मकरी, गोगनपानी लगायतको क्षेत्रमा घरदैलो गरिएको थियो । मनहरीको सम्मृद्धिको लागि उम्मेदवारहरुले दिर्घकालिन योजना प्रतिवद्धता सहित घरदैलो कार्यक्रम गरिएको उप्रेतीले बताए । घरदैलो कार्यक्रममा वडा नम्बर १ मा एमालेका अध्यक्षका उम्मेदवार भीमसेन अधिकारी सदस्यका उम्मेदवारहरु विनामाया गोले, तारा घिमिरे, पोषक वावु विष्ट (पुष्कर), विशाल लामा थिङ लगायतको उपस्थिति थियो ।











