कोरोना सङ्क्रमणको दर घटेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ४२ रहेको छ । आज ३३ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ५ हजार ५९ नमुनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । आज ८९ जनाले सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ ।