मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सोमबार हेटौंडा–९ मा सञ्चालन भएको कोभिड विरूद्धको खोप केन्द्रको अनुगमन गर्नुभएको छ । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरद्धारा सञ्चालित खोप केन्द्रको प्रमुख खुलालले अनुगमन गर्नुभएको हो ।

केन्द्रमा गत माघ ९ गतेबाट खोप अभियान सञ्चालनमा रहेको छ । सरकारको कोरोना बिरुद्ध खोप अभियान सफल बनाउन केन्द्रले कोरोनाविरुद्धको खोप अभियान शुरु गरेको हो । केन्द्रमा हालसम्म भएका गतिविधिहरुका बारेमा केन्द्रका अध्यक्ष राम बिष्टले प्रमुख खुलाललाई जानकारी गराउनुभएको थियो । अनुगमन गर्नुहुँदै प्रमुख खुलालले समुदायका सबैले कोरोना बिरुद्धको खोप लगाउनु पर्ने र कोहि पनि छुट्न नहुने वातावरण सृजना गर्न सुझाव दिनुभयो । उहाँले सामाजिक संघ संस्थाले देखाएको सकृयताको प्रशंसा समेत गर्नुभयो । केन्द्रका मानार्थ सदस्य समेत रहनु भएका प्रमुख खुलालले अभियान सफल बनाउन र कोरोना बिरुद्धको खोप लगाउन सबैलाई आग्रह गर्नुभयो ।











