मकवानपुर – मकवानपुुरमा मंगलबार खोलाले बगाएर १२ वर्षिय बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर राक्सिराङ गाउँपालिका–८ की १२ बर्षीय मनिता माया थिङको मत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।
मंगलबार दिउसो राक्सिराङ–८ स्थित गिर्खे खोलाले बगाउँदा मनिताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खोलाले बगाएपछि मनिताको शव १ किलोमिटर तल फेला परेको थियो । मृतक थिङको शव पोष्ट मार्टमका लागि हेटौंडा अस्पताल ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।











