हेटौंडा – निजामती सेवा दिवस २०७८ का अवसरमा बनस्पती अनुसंधान केन्द्र अन्तरगतको बृन्दावन वनस्पती उद्यानमा बृक्षारोपण गरिएको छ । दिवशका अवसरमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बृक्षारोपणको सुरुवात गर्नुभएको हो ।
मुख्यमन्त्री शाक्यले श्रीखण्डको विरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा बृक्षारोपण कार्यक्रम भएको हो । कार्यक्रममा स्वागत प्रदेशको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सचिब डाक्टर सिन्धुप्रसाद ढुंगानाले गर्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेशका बिभीन्न मन्त्रालयका सचिब, कर्मचारीहरु, जिल्ला स्थीत बिभीन्न कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा बृन्दावनका विषयमा कार्यालयका प्रमुख रघराम पराजुलीले जानकारी गराउनु भएको थियो ।