हप्ताको पहिलो दिनदेखि ओरालो लागेको शेयर बजार लगातार चौथो दिन बुधवार पनि घटेको छ । नेप्से आज १६ दशमलव ९७ अङ्कले घटेर दुई हजार आठ सय एक दशमलव १३ विन्दुमा झरेको छ । आज विकास बैंक र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको झण्डै चार अङ्कले, व्यापारको १३, जलविद्युतको ५९, होटलको ७४, फाइनान्सको ३३, जीवन बीमाको ७५, निर्जीवन बीमाको एक सय ४४, उत्पादनको एक सय ३३ र अन्य समूहको शेयर १८ अङ्कले घटेको छ ।
आज दुई सय २२ कम्पनीका एक करोड १६ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै छिमेक लघुवित्त कम्पनीको ४३ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज माथिल्लो तामाकोशी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।