sf7df8f}F, @( h]7 M dfOtL3/ tLgs'g] ;8sv08df ;jf/L ;fwg gofF afg]Zj/af6 dfOtL3/ tLgs'g] ;8sv08df laxLaf/ u'l8F/x]sf] ;jf/L ;fwg . sf]/fgf efO/; /f]syfd tyf lgoGq0fsf nflu ;/sf/n] hf/L u/]sf] aGbfaGbLsf] cfh *) cf}F lbg xf] . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । बैठकले यही असार २२ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर बिजोर प्रणाली हटाइएको हो ।
काठमाडौँ उपत्यका बाहिरबाट आउने सवारी सधानले प्रवेशका लागि पास लिनु पर्ने छ । त्यसैगरी यसअघि २५ सिट भन्दा माथिका सवारी साधन मात्रै चल्न दिने भएकोमा अब सबै सवारी साधन सञ्चालन गर्न दिने भएको छ । सार्वजनिक यातायातमा कुल सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने भएका छन् । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने आदेशमा उल्लेख गरेको छ । सफा टेम्पो तथा निलो माइक्रोले ९ जना यात्रु भन्दा बढी चढाउन नपाउने भएका छन् । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्ने पाइने भएको छ । शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) हरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने, खुला स्थानमा भेला जम्मा हुन तथा सभा जुलुस, जात्रा, महोत्सव गर्न नपाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा जारी निषेध आदेशमा उल्लेख गरिएको छ ।