मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई राहत सामग्री उपलब्ध गराएको छ । हेटौंडा–१२, पदमपोखरीमा सुत्केरीहरूलाइ वितरण गर्न जिससले बिहीबार एक सय आठ प्याकेट राहत सामग्री उपलब्ध गराएको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले उपमेयर मिनाकुमारी लामालाई बिहीबार एकसय आठ प्याकेट राहत सामग्री उपलब्ध गराउनुभएको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा लकडाउनका कारण प्रभावित हेटौंडा–१२ का नागरिकलाई वितरण गर्ने गरि उपमेयर लामालाई एकसय आठ प्याकेट राहत सामग्री हस्तान्तरण गरिएको प्रमुख खुलालले जानकारी दिनुभयो । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने र मजदुरी गरेर खानेलाइ समस्या हुने भन्दै उद्योग परिसंघ बागमती प्रदेश र उद्योग संघ मकवानपुरले उपलब्ध गराएको राहत सामग्रीबाट राहत उपलब्ध गराइएको उहाँले बताउनुभयो । उद्योग परीसंघ प्रदेश समितिद्धारा बागमती प्रदेश सरकार मार्फत र उद्योग संघ मकवानपुरले जिल्लावासीकालागि भन्दै जिससलाइ राहत सामग्री उपलब्ध गराएको थियो । जिससबाट उपलब्ध राहत आजै वडा नम्बर १२ का सुत्केरीहरूलाइ वितरण गरिने उपमेयर लामाले बताउनुभएको छ ।