हेटाैंडा, जेठ १८ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई हराउँदै आईपीएल २०२६ को उपाधि जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको फाइनल खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई पाँच विकेटले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको हो ।
गुजरातले दिएको १६२ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । बेङ्गलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए । गुजरातका रशिद खानले २ विकेट लिए ।
त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । गुजरातका वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए । बेङ्गलुरुका रसिक सलामले ३ तथा भुवनेश्वर कुमार र जोश हेजलवुडले समान २ विकेट लिए ।
यस जितसँगै आरसीबी आईपीएल इतिहासमा लगातार दुई सिजन उपाधि जित्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए ।गुजरातले भने सन् २०२२ मा उपाधि जितेको थियो । आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी थिए ।