मकवानपुर, चैत्र २२ । मकवानपुर प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियानअन्तर्गत गुण्डागर्दी, अवाञ्छित गतिविधि तथा सर्वसाधारणलाई दुःख दिने १८ जनालाई हेटौंडाका विभिन्न वडाबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय नसिव बोटेला, ३३ वर्षीय फारुक अन्सारी, हेटौंडा–११ का ४५ वर्षीय बर्दीबहादुर तामाङ, हेटौंडा– १३ का ३० वर्षीय सुमन लोचन, हेटौंडा–१२ का २९ वर्षीय कमल सिंह ब्लोन, २८ वर्षीय अजय स्वाङ्गतान, २३ वर्षीय अर्पण स्वाङ्गतान, ३२ वर्षीय सबिन थिङ र ३४ वर्षीय अर्जुन ब्लोन तामाङ रहेका छन् ।
त्यस्तै हेटौंडा–११ का २२ वर्षीय सुरज श्रेष्ठ, ३१ वर्षीय सुभम थिङ, २५ वर्षीय नवाज गुरुङ, २२ वर्षीय सन्तकुमार महर्जन, २७ वर्षीय दिपेश लामा, हेटौंडा–१३ का २१ वर्षीय रोजेन ओझा, हेटौंडा–१४ का १९ वर्षीय राहुल तामाङ, हेटौंडा–६ का २१ वर्षीय नविन गौतम तथा रौतहटको फतुवा विजयपुर नगरपालिका–१० का २८ वर्षीय रवि तिमिल्सिनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको र आवश्यक प्रमाणका आधारमा कानुनी कारबाही गरिने प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।











