मकवानपुर । मकवानपुरमा मंगलबार बिहान आएको हावाहुरीका कारण एकजनाको मृत्यु भएको छ । जिल्लाको मनहरी गाउँपालिका-२,ट्याङ्की दमारमा हावाहुरीका कारण रुखको हाङ्गा भाच्चिएर लाग्दा २२ वर्षीय राम बहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार बिहान करिब ११:३० बजे आफ्नै बारीमा घाँस काटी रहेको अवस्थामा अचानक आएको हावाहुरी तथा पानीको कारण साजको रुख भाच्चिएर लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान तथा मुचुल्का गरि लास पोष्टमार्टमका लागि हेटौडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।