हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह आज बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेका छन् । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा पुर्वराजा शाह आइतबार हेटौंडा आइपुगेका हुन् । साे क्रममा उनलाइ हेटाैंडामा अभिनन्दन गरिएको छ ।
उनको स्वागतमा समर्थक तथा सुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्‍याली निकालेका छन् । पूर्वराजा शाहले हेटौंडा उपमहानगरपालिका–१५, स्थित चुरियामाई मन्दिरको दर्शन गरेका छन् । त्यसपछि उनी हेटौंडा उपमहानगरपालिका वडानम्बर १३ मा रहेको ज्याङछुपलिङ पोताला गुम्वामा पूजा गरेर उनि हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर पुगेका छन् । उनी आजै हेटौंडा रिसोर्टमा भेटघाट गरेर काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।