रोहित शर्मा र विराट कोहली अफगानिस्तान विरुद्धको तीन खेलको टी-२० आई शृंखलाका लागि भारतीय क्रिकेट टिममा फर्केका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अफगानिस्तानसँगको तीन खेलको टी-२० शृङ्खला घोषणा गर्दै रोहित र विराट टोलीमा फर्किएकाे जानकारी दिएको हो ।
रोहित र विराटले भारतका लागि पछिल्लो पटक सन् २०२२ नोभेम्बर १० मा अस्ट्रेलियामा टी-२० खेलेका थिए । तीन खेलको टी-२० शृङ्खला यही जनवरी ११ देखि शुरु हुँदैछ । दोस्रो खेल १४ र तेस्रो खेल जनवरी १७ मा हुनेछ । तीन खेलको शृङ्खलाका लागि अफगानिस्तानको टोली भारत आउनेछ । अफगानिस्तानले यसअघि नै टोलीको घोषणा गरिसकेको छ ।
भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जयसवाल, विराट कोहली, तिलक वर्मा, रिङ्कु सिंह, जितेश शर्मा, सन्जु सामसन, शिवम् दुबे, वाशिङ्टन सुन्दर, अक्षर पटेल, रवि विश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार छन् ।