नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । सोमबार प्रधानन्यायाधीश नियुक्त हुनुभएका श्रेष्ठले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिन लाग्नु भएकाे हाे ।
शीतल निवासमा आज दिउँसो १:४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति पौडेलको निजी सचिवालयले जानकारी दिएको छ । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२)बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गर्नु भएकाे थियाे ।