सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट आम नागरिकका आधारभूत पक्षलाई ध्यान दिएर बनाएको दाबी गरेको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्षको बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न केन्द्रित हुने बताउनुभयो ।
गरिबी न्यूनीकरण, सूचना प्रविधिको प्रयोगलाई बढावा, युवालाई देशमै रोजगारी, स्रोत साधनको उचित प्रयोगमा ध्यान दिइएको उहाँको भनाइ छ । सरकारले साढे छ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गरेको छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।