हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार (भोली) बाट कृषि मार्ट संचालनमा आउने भएको छ । प्रवासबाट फर्किएका व्यक्तिहरुको समुहले सन्चालन हेटौंडा–५ पिप्लेमा मार्ट संचालन गर्न लागेको हो ।

No photo description available.

प्रवासबाट (वैदेशीक रोजगारीबाट) फर्किएका व्यक्तिहरुको समुहले हेटौंडामा हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, मकवानपुर सेवा केन्द्र, माईग्रेन्ट कृषि मार्ट र रीटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेड सन्चालन गर्न लागेको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर काठमान्डौंमा केन्द्रिय कार्यालय रहेको माईग्रेन्ट कृषि मार्टको तेस्रो शाखाको रुपमा हेटौंडामा संचालनमा आउन लागेको बताईएको छ । कृषि क्षेत्रमा युवालाई आकर्षित गर्दै व्यवसायिक कृषिको प्रवद्धन गर्ने उदेश्यले मार्ट संचालनमा ल्याउन लागिएको जानकारी दिईएको छ । मार्टमा स्थानीय तथा रैथाने उत्पादनलाई विशेष प्राथमिक्ता दिने बताईएको छ ।
पत्रकार सम्मेलनमा रिर्टर्नी कृषि तथा पशुपालन कम्पनीका अध्यक्ष सरोज पुडासैनीले मार्टले कृषकहरुलाई विउ–विजन, प्राविधीक जनशक्ति सहयोग गर्नुका साथै किसानबाट उत्पादित बस्तुहरु खरिद गर्ने र विदेश निर्यात समेत गर्ने बताउनुभयो । किसानले उत्पादन गरेको उपजहरुलाई उचित मूल्य दिने र विचौलियाको अन्त्य गर्ने रिटर्नी माईग्रेन्टको उदेश्य रहेको उहाँले बताउनुभयो । विदेशबाट आर्जित सीप, ज्ञान र पुजी स्वदेश सदुपयोग गर्नुपर्ने बताउँदै उहाँले आफुहरुले किसान लक्षित विभिन्न योजना अनुसार काम सुरु गरिएको बताउनुभयो । हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, मकवानपुर सेवा केन्द्र, माईग्रेन्ट कृषि मार्ट र रीटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडको मकवानपुर शाखा कार्यालयको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।