मकवानपुर –हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । १९ नम्वर वडामा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदी विजयी हुनु भएको हो । उहाँ १ हजार ४२३ मत प्रात गरेर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार थापाले १ हजार २०२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै माओवादी केन्द्रका प्रकास लामा थोकरले ९६३ मत प्राप्त गर्नुभयो ।कुल ५ हजार २ सय ५० मतदाता रहेको १९ नम्बर वडामा ३ हजार ९ सय २५ मत खसेको थियो । यसअघि हेटौंडा- मा  काङ्ग्रेसका सविन न्यौपाने र वडा नम्वर २ मा काङ्ग्रेसकै विष्णु गोपाल महर्जन विजयी हुनु भएको छ । मतगणना जारी रहेको छ ।