इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल दिउँसो पौने चार बजे मुम्बईमा हुनेछ । हैदराबाद १० खेलमा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । बेङ्ग्लोर ११ खेलमा १२ अङ्ककासाथ चौथो स्थानमा छ । आज हुने दोस्रो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई १० खेलमा ६ अङ्ककासाथ अङ्क तालिकाको नवौँ स्थानमा छ । १० खेलमा १० अङ्कसहित दिल्ली पाँचौँ स्थानमा छ ।आईपीएल क्रिकेटमा हिजो भएको खेलमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै राजस्थान रोयल्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो थियो ।