काठमाडौँ – भोलि (मङ्गलवार) महाशिवरात्रि पर्वः भगवान् शिवको पूजा आराधना गरी मनाइने यस पर्वको आवश्यक सम्पुर्ण तयारी पुरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना सङ्क्रमणको त्रासका कारण विगत दुई वर्षदेखि राम्रोसँग मनाउन नपाइएको महाशिवरात्रि पर्व यस पटक भने धूमधामका साथ मनाउने तयारी गरिएको छ । महाशिवरात्रि पर्वको पूर्व सन्ध्यामा भगवान् श्री पशुपतिनाथको दर्शन गर्न विभिन्न ठाउँबाट साधु सन्त पशुपति आइपुगेका छन् । फोटोफिचर