काठमाडौँ – गृह मन्त्रालयले ६ राजनीतिक दलहरूले भोलि नेपाल बन्दको आव्हान गरेको सूचना प्राप्त भएकाले त्यस सन्दर्भमा कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता अपनाइ शान्ति सुरक्षा र सुव्यवस्था चुस्त दुरुस्त बनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सो अनुरोध गरेको हो ।