मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिनुभएको हो ।
उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेस गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।